काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली (इबिडिङ) बन्द गरेर ठेक्कापट्टामा लुटपाट र गुण्डागर्दी शैली संस्थागत गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले दुलालले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रभावकारी, प्रतिस्पर्धी र मितव्ययी बनाउन २०७० सालमा लागू गरिएको विद्युतीय खरिद प्रणाली १३ वर्षपछि आएर बन्द गरिएको