काठमाडौं । सरकारले भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भए थप प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले सहायता दिने निर्णय गरेको हो। सरकारी विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका ७ हजार ५ सय ७० निजी घरमा बाढीले क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा समेत क्षति पुगेको छ। सरकारले बाढी प्रभावितलाई दसैंअघि अस्थायी आवासको व्यवस्था गर्ने तयारी गरेको ... The post भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजार राहत दिइने appeared first on Kalika Khabar.