काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारीलाई सम्झाएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत अधिकारीले सुत्केरी महिलाका लागि राज्यले दिने भत्ता तथा सुरक्षित मातृत्वको अवधारणा अघि बढाउन आफ्ना पिता एवं तत्कालीन अर्थमन्त्री अधिकारीले खेलेको भूमिकाको स्मरण गरिन् । उनले