फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न टोली गठन

  • शुक्रबार​ २६ भौ २०८३ ०८:०४ AM
काठमाण्डु– राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न स्वास्थ्य मन्त्रालयले टोली परिचालन गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको बैठकमा घटना सार्वजनिक भएलगत्तै छानबिन समिति गठन गरी राजविराज पठाइएको जानकारी दिइन्। उनका अनुसार नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा पाँच सदस्यीय ‘एथिकल