१० हजार एमएएचसम्मको ब्याट्रीसहित रेडमी नोट १७ सिरिज नेपालमा सार्वजनिक

  • शुक्रबार​ २६ भौ २०८३ ०७:१६ AM
काठमाडौं । शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ । नयाँ सिरिजमा रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७ प्रो ५जी र रेडमी नोट १७ प्रो म्याक्स ५जी रहेका छन् । लामो समयसम्म चल्ने ब्याट्रीका कारण बारम्बार चार्जर बोक्नुपर्ने झन्झट कम हुने कम्पनीले जनाएको छ