रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावित : होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला

  • शुक्रबार​ २६ भौ २०८३ ०७:४४ AM
काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटाले प्रदेश सरकार तथा सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा बाढी प्रभावित जनसंख्या करिब डेढ लाख रहेको जानकारी