कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै मितिमा हुन्छ : गगन थापा

  • शुक्रबार​ २६ भौ २०८३ ०७:०५ AM
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै हुने बताएका छन् । शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापाले असोज १६ गतेबाट सुरु हुने महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन हुने स्पष्ट पारेका हुन्। महाधिवेशनको मिति सर्ने हो कि भन्ने आम शङ्का र अलमललाई चिर्दै सभापति थापाले भने,‘संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ । त्यसैले महाधिवेशन एक घण्टा पनि सर्दैन, घोषित मितिमै हुन्छ।’ उनले महाधिवेशनमा पार्टीका सबै नेताहरूको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरे । पार्टीभित्र देखिएको केही अन्योललाई पूर्णविराम लगाउँदै उनले सम्पूर्ण ... The post कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै मितिमा हुन्छ : गगन थापा appeared first on Kalika Khabar.