सेवाग्राही खोज्दै गाउँपालिका झरे सहरतिर

  • शुक्रबार​ २६ भौ २०८३ ०६:२७ AM
गोरखा। आफ्ना नागरिकको सहर केन्द्रित बसोबासको लहर बढेपछि कतिपय गाउँपालिकाले आफ्नो सेवा प्रवाहको ढाँचा नै परिवर्तन गरेका छन् । पछिल्लो समय यहाँका केही गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई पोखरा, चितवन र काठमाडौँमा खटाउन थालेको पाइएको छ । सो क्रममा बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, पोखरा, काठमाडौँ