काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले आफैं उद्योग सञ्चालन गर्न लागेको भन्ने भाष्य गलत भएको स्पष्ट पारे । उनले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति तथा दायित्व व्यवस्थापन