युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई १ करोड ५० लाख सहयोग

  • शुक्रबार​ २६ भौ २०८३ ०६:२५ AM
नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघको राहत अभियानका लागि १ करोड ५० लाख रुपैंयाँ सहयोग उपलब्ध गराएको छ । बाढीबाट गम्भीर रूपमा प्रभावित तथा आर्थिक रूपमा विपन्न परिवारलाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम नेपाल चिकित्सक संघको नेतृत्वमा सञ्चालित राहत अभियानमा प्रदान गरिएको हो