काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले नगरवासीलाई स्थानीय तहमै करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले व्यक्तिगत, व्यावसायिक तथा उपभोक्ता समितिका लागि स्थायी लेखा नम्बर (प्यान) कार्ड वितरण सेवा सुरु गर्ने भएको छ। नगरपालिकाले बुधबार आन्तरिक राजस्व कार्यालयसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेसँगै सेवा सञ्चालनको बाटो खुलेको हो। आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरी सेवा तत्काल सुरु गरिने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताए। सेवा सुरु भएपछि प्यान लिन सेवाग्राहीले आन्तरिक राजस्व कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने र समय तथा खर्च दुवै बचत हुने नगरपालिकाले जनाएको छ। नगरप्रमुख उपेन्द्र कार्कीले स्थानीय तहमै सरकारी सेवा उपलब्ध गराउने नीतिअनुसार नगरपालिका अघि बढिरहेको बताए। उनका अनुसार नगरपालिकाबाट भू–सेवा सुरु गर्दा देखिएका प्रारम्भिक चुनौती समाधान हुँदै गएको छ। असार महिनामा मात्रै ५ सयभन्दा बढी लिखत तयार भएको उनले बताए। लिखत पासका लागि लाग्ने खर्चसमेत विगतमा रु