काठमाडौं : राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले आफूलाई ‘कन्टेन्ट क्रियटर’, ‘इन्फ्लुएन्सर’ र ‘युट्युबर’ भनेपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले व्यंग्यात्मक जवाफ दिएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै झाँक्रीको टिप्पणीप्रति असन्तुष्टि जनाएका हुन्। उनले लेखेका छन्, ‘एक जना धेरै नै जान्ने सुन्ने धामीज्यूले हिजोदेखि मलाई कन्टेन्ट क्रियटर, इन्फ्लुएन्सियल र युट्युबर भन्ने नयाँ पदकले सम्मान गर्नुभएको कुरा सर्वसाधारण जनतालाई सूचना गर्न चाहन्छु।’ उनले आफूले ३५ वर्षसम्म निःशुल्क सेवा गरेर पाएको ‘कवाडी वैज्ञानिक’ पदकभन्दा झाँक्रीले दिएको उपाधि ठुलो भएको भन्दै व्यंग्य गरेका छन्। अर्को स्टाटसमा पुनले झाँक्रीको भाषणलाई लिएर पनि व्यंग्य गर्दै ‘यत्तिको जानेको ... The post यत्तिको विद्वान बहिनी अहिलेसम्म देखेको छैन : मन्त्री पुन appeared first on Kalika Khabar.