काठमाडौँ । मानिसको जीवनमा केही सम्बन्ध यस्ता हुन्छन्, जसको गहिराइ शब्दले मापन गर्न सकिँदैन । ती सम्बन्धमध्ये बुबा र सन्तानको सम्बन्ध विशेष हुन्छ । यस सम्बन्धमा प्रेम हुन्छ, त्याग हुन्छ, अनुशासन हुन्छ, अपेक्षा हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा–निःस्वार्थ संरक्षण हुन्छ । नेपाली संस्कृतिले यस्ता सम्बन्धलाई केवल भावनाका रूपमा होइन, संस्कार र कर्तव्यका रूपमा पनि स्थापित