अबको पाठ्यक्रम कस्तो ? आयो पाठ्यभार घटाउनदेखि एआईलाई समेट्नेसम्मका सुझाव

  • शुक्रबार​ २६ भौ २०८३ ०५:५१ AM
भक्तपुर । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई) लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव आएको छ । पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को परिमार्जन प्रयोजनार्थ सातै प्रदेशमा आयोजना गरेको कार्यशालामा सहभागीहरूले वर्तमान पाठ्यक्रमलाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी