आज(शुक्रबार)कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । कुशे औंसीलाई भगवान् विष्णुको प्रतीक मानिने पवित्र कुश घरमा भित्र्याउने दिनका रूपमा लिइन्छ । वर्षभरि गरिने सम्पूर्ण शुभकर्म, धार्मिक अनुष्ठान र पितृकार्यहरू यही कुशद्वारा सम्पन्न हुने भएकाले यस औंसीको विशिष्ट स्थान छ । पुराणका कथाहरू अनुसार जीवित मानिसले शनिबार बिदा पाए जस्तै औंसीको दिन पितृहरूले पनि आफ्ना