चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धार कार्य तीव्र, विद्युतगृह पुग्न अब १०० मिटर बाँकी : कुलमान

  • शुक्रबार​ २६ भौ २०८३ ०४:३४ AM
काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे जलविद्युत कम्पनीका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले उद्धारस्थलमै पुगेर प्राविधिक समन्वय र सहजीकरण गरिरहेका छन् । उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो परिमाणमा थुप्रिएको लेदो, बालुवा र ढुङ्गा पन्छाउँदै उद्धार टोली निरन्तर अघि बढिरहेको छ । सुरुङको साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको प्रतिध्वनि (इको) सुनिएको र त्यहाँबाट चिसो हावा समेत आइरहेको पाइएको छ । यसले गर्दा सुरुङभित्र फसेका ... The post चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धार कार्य तीव्र, विद्युतगृह पुग्न अब १०० मिटर बाँकी : कुलमान appeared first on Kalika Khabar.