सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • शुक्रबार​ २६ भौ २०८३ ०४:२६ AM
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ । खोलामा माथिबाट पहिरो खस्दा करिब १५ मिटर अग्लो बाँध (ड्याम) बनेको र हाल पनि पहिरो खस्ने क्रम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उद्धृत गर्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी जोखिमबारे जानकारी गराएको हो ।