नुवाकोट। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो। बाढीले पुल बगाएसँगै दुई नगरमात्र नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो। एक्कासि आएको भीषण बाढीले आहत भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि उनीहरू थप पीडामा परे। एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको पीडामा मल्हम लगाउन सरकारले तत्कालै देवीघाटमा एक्रोब्रिज निर्माण गर्ने योजनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढायो। सरकारको योजनाअनुसार नेपाली सेनाले दिनरात काम गरेर पाँच दिनमै ५७