हाम्रो पात्रोका प्रयोगकर्ताले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपालमा हालै आएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो । हाम्रो पात्रो कम्युनिटीका तर्फबाट संकलित सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ