भरतपुरमा गुडिरहेको इभीमा लाग्यो आगो, चालकको मृत्यु

  • शुक्रबार​ २६ भौ २०८३ ०२:३४ AM
चितवन । भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो । दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ