काठमाडौं । प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै कानुनी शासनको सट्टा धम्कीको भाषा हाबी हुन थालेको बताएका छन्। प्रधानमन्त्रीदेखि मन्त्री र सत्तापक्षीय सांसदसम्मका अभिव्यक्तिले सरकारको राजनीतिक चरित्रप्रति नै प्रश्न उठाएको उनको भनाइ छ। बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आङ्देम्बेले सरकार हिँड्न खोजेको बाटोप्रति आफू चिन्तित रहेको बताएका हुन्। 'सरकारको कानुनी भाषा हराउँदैछ। धम्कीको भाषा बढ्दैछ। म एकदमै चिन्तित छु। सरकार हिँड्न खोजेको बाटो कुन हो