काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको दक्षिण गेट अगाडि खुला क्षेत्रमा एक महिलाले शिशु जन्माएको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीले छानबिन प्रक्रिया अघि बढाएको छ । उक्त घटनाको यथार्थ विवरण पत्ता लगाउन कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतिशकुमार यादवको नेतृत्वमा गठित उक्त समितिमा राजविराज