काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि आवश्यक आर्थिक अभावका कारण बबिताकुमारी पासवानले अस्पतालको बाहिरी प्राङ्गणमै बच्चा जन्माउन बाध्य भएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । मोर्चाकी इन्चार्ज रन्जूकुमारी साहले आज विज्ञप्ति जारी गर्दै उक्त घटना २१औँ शताब्दीको मानवता, लोकतन्त्र र कानुनी राज्यकै उपहास भएको जनाएकी छन् । संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था गरे पनि आर्थिक अभावकै कारण एउटी आमाले अस्पताल परिसरबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद र लज्जास्पद भएको मोर्चाको ... The post पैसाको अभावमा अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने परिस्थिति सरकारको असफलता : रन्जू साह appeared first on Kalika Khabar.