काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले २०८३ भदौ २५ गते बिहीबार राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा उनलाई सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री साहले राजीनामा दिएर बाहिरिएकी निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग