एसियाली खेलकुदमा २११ टोली जाने, टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

  • बिहीबार २५ भौ २०८३ ०२:४० PM
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन त्यसतर्फ जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले अन्तरराष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नु आफैँमा गौरवको विषय भएको बताउँदै