सुनसरी । धरानमा पहिलोपटक महिला अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । डी–१९ क्लब धरान–१९ को आयोजनामा आगामी कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने भएको हो । महिला फुटबलको विकाससँगै स्थानीय महिला खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नाका साथै खेलाडीलाई व्यावसायिक फुटबलतर्फ