बाणगंगा, भदौ २५ ।कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मधुवनस्थित जननी आधारभूत विद्यालयले आर्थिक वर्ष २०८२ /०८३ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालयले एक वर्षमा गरेका शैक्षिक, भौतिक तथा आर्थिक गतिविधिलाई सरोकारवालामाझ सार्वजनिक गर्दै विद्यालयको आय–व्यय विवरणसमेत प्रस्तुत गरेको हो । विद्यालयका प्रधानाध्यापक रुद्रमाया पौडेलले विद्यालयको भौतिक अवस्था, शैक्षिक गतिविधि र उपलब्धिबारे जानकारी गराउँदै