सुन्धारामा पानीको प्राकृतिक वहावको सम्भावना खोज्दै महानगरपालिका : भूमिगत पानीको अध्ययन गर्न टुँडिखेलमा इनार 

  • बिहीबार २५ भौ २०८३ ०८:३४ PM
काठमाडौँ । काठमाडौँको सुन्धारामा पानी प्राकृतिक वहाव ल्याउने सम्भावना खोज्दै काठमाडौँ महानगरपालिकाले अहिले अध्ययन गरिरहेको छ । सुन्धारा वरिपरि ठुला संरचना तथा पूर्वाधार निर्माण भइसकेको वर्तमान सन्दर्भमा धारामा पानी ल्याउने र निकास खोल्ने कामका लागि अभियान कन्सल्टिङ्बाट परामर्श सेवा लिएर अध्ययन भइरहेको हो । २०८२ फागुन ८ गते बसेको मन्त्रीस्तरीय निर्णयबाट सुन्धारामा पानी ल्याउने, पानीको निकास खोल्ने र पार्किङ् व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले लिएको हो ।  जमिन सतहमा पानीको मात्रा अध्ययन गर्न टुँडिखेलको पश्चिम कुना, महाङकालको दक्षिणमा खनिएको इनारको निरीक्षण गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले पानीको स्रोत र निकास खोज्ने क्रममा अध्ययनका लागि आवश्यक समयबाहेक अन्य एक पल पनि खेर नफाल्न निर्देशन दिनुभयो । ‘सुन्धारामा पानी खसाल्नु छ । त्यसको निकास खोल्नु छ । हाम्रो अर्जुन दृष्टि त्यही हो । त्यो लक्ष्य पूरा गर्न कटिवद्ध भएर काम गर्नुहोला ।’ उहाँले परामर्शदातालाई निरन्तर काम गरिरहन र सम्पदा तथा पर्यटन विभागलाई निरन्तर निगरानी गरिरहन निर्देशन दिनुभयो ।  सुन्धारामा पानी ल्याउने विभिन्न अप्रोच हुन सक्छन् । तर, हाम्रो लक्ष्य भनेको प्राकृतिक रुपमा जल प्रवाह गराउनु हो । डंगोलले लक्ष्य स्पष्ट पार्नुभयो । उहाँले सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र इञ्जिनियरसहित अध्ययनको निरीक्षण गर्नुभएको हो ।  त्यस क्रममा जल संरक्षण विज्ञ विश्वप्रकाश अमात्यले, इनारमा पानीको उपलब्धता अध्ययन गरेपछि यसपछिको प्रक्रियाका विषयमा भन्न सकिने बताउनुभयो ।  आज इनार खनिएको ठाउँभन्दा सुन्धारा १० फिट तल छ । आज खनिएको ठाउँको जमिन सतहमा १० फिटभन्दा माथिको पानी मात्र सुन्धारामा जान सक्छ । यसकारण इनार १० फिट गहिरो खनिएको छ । यसको गोलाइ साढे ३ फिट छ ।  इनार खन्ने क्रममा हरेक १ फिटमा पाइने र तह परिवर्तन भएको माटोको नमूना लिइएको छ । यो माटोको जाँचबाट पनि पानी उपलब्धताको विश्लेषण गर्न सकिने भूमिगत जलस्रोत विज्ञ डा