रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ?

  • बिहीबार २५ भौ २०८३ ०७:१३ PM
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय जनगणना, २०७८ अनुसार रसुवा, नुवाकोट, धादिङ, गोखरा र चितवनका बाढी प्रभावित क्षेत्रमा ५१ हजार ९९ घरधुरी र दुई लाख चार हजार ६०१ जनसङ्ख्या छन् । बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र ३२ हजार ९६३ जनसङ्ख्या प्रभावित छन्, प्रभावित जनसङ्ख्यामध्ये १६ हजार ७६९ पुरुष र १६ हजार १९२ महिला छन्”, प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । कुन जिल्लामा कति प्रभावित