बजार अनुगमनमा म्याद गुज्रेका लड्डुदेखि गन्हाएको आलुसम्म फेला

  • बिहीबार २५ भौ २०८३ ०१:२४ PM
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा गरेको बजार अनुगमनका क्रममा खाद्य स्वच्छता र गुणस्तरमा कैफियत भेटिएको छ। विभागले भदौ २४ गते तीनवटा खाद्य व्यवसायको निरीक्षण गर्दै एक व्यवसायलाई ३ लाख रुपैयाँ जरिवाना गराएको छ भने अन्य व्यवसायलाई सुधारका लागि निर्देशन दिएको छ। बालुवाटारस्थित आकाश फुड्सको नियमित अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका आठ प्याकेट लड्डु भेटिएका थिए। त्यस्तै, पानीपुरीमा प्रयोग हुने आलुको स्टफिङमा अस्वाभाविक गन्ध आएको तथा फ्राइङ तेलको TPM value २३ रहेको पाइएको विभागले जनाएको छ। अनुगमनपछि गन्ध आएको करिब १०० ग्राम आलु तथा म्याद समाप्त भएका ... The post बजार अनुगमनमा म्याद गुज्रेका लड्डुदेखि गन्हाएको आलुसम्म फेला appeared first on Kalika Khabar.