कांग्रेस महाधिवेशनका लागि सातै प्रदेशमा तोकिए निर्वाचन संयोजक

  • बिहीबार २५ भौ २०८३ ०१:२८ PM
काठमाण्डु – नेपाली कांग्रेसले आगामी महाधिवेशनका लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रदेशस्तरमा निर्वाचन सहजीकरणका लागि ७ जना वरिष्ठ अधिवक्तालाई निर्वाचन संयोजकको जिम्मेवारी दिएका हुन् । निर्णयअनुसार कोशी प्रदेशमा डिल्लीबहादुर कार्की, मधेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य