काठमाडौं । विकास बैंकहरूको कर्जा विस्तार साढे ५ खर्ब रुपैयाँ नाघे पनि त्यसको गुणस्तरमा भने दबाब बढेको देखिएको छ । हाल नेपालमा सञ्चालनमा रहेका १६ विकास बैंकको औसत निष्क्रिय कर्जा (एनपीएल) अनुपात ५ प्रतिशतभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १६ विकास बैंकले कुल ५ खर्ब