काठमाडौं । फाइनान्स कम्पनीहरूका लागि अहिले नयाँ कर्जा विस्तारभन्दा पुरानो कर्जा उठाउनु ठूलो चुनौती बन्न थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणले सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको कर्जा गुणस्तर कमजोर बन्दै गएको देखाएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १६ मध्ये १४ वटा फाइनान्स कम्पनीको