नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले रसुवा र भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट क्षेत्रको बिहीबार अवलोकन गरेका छन्। बिहीबार देउवासँगै कांग्रेस नेता डा.शशांक कोइराला, डा.प्रकाशशरण महत, प्रकाशमान सिंह, मोहनबहादुर बस्नेतलगायत नेता तथा कार्यकर्ताहरू बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न पुगेका थिए । अवलोकनका क्रममा देउवाले बाढीपहिरोबाट प्रभावित स्थानीयसँग भेट गर्दै उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका