काठमाडौं । नयाँ उद्योग मन्त्रीमा सुनसरी-४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई सिफारिस गरिएको हो। उनको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ। साह चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका थिए। उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशनमा परेपछि आफैं दल खोलेका थिए।Continue reading "उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस"