काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले उद्योगमन्त्रीमा साहको नाम सिफारिस गरेका हुन् । उद्योगमन्त्री गौरी कुमारी बिहीबार राजीनामा दिएपछि रिक्त पदमा साहलाई नियुक्त गर्न लागिएको छ । उनी सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।