काभ्रे । दुई वर्षअघि बाढीपहिरोले भत्काएको घरको भग्नावशेष हेर्दै काभ्रेका केही परिवार अझै सुरक्षित पक्की घरमा फर्किने दिन कुरिरहेका छन् । २०८१ असोज ११ र १२ गतेको विनाशकारी बाढीपहिरोले घरवारविहीन बनाएका उनीहरूमध्ये कतिपयले दुई वटा वर्षायाम र दुई वटा हिउँद अस्थायी टहरामै बिताइसकेका छन् । घर पुनर्निर्माणका लागि सरकारबाट अनुदान पाउने आशामा रहेका ती परिवारका