पाँचथर । रेविज सङ्क्रमित कुकुरको टोकाइबाट पशुचौपाया मरेपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–मेहेलबोटेका कतिपय स्थानीयका गोठ रित्तिएका छन् । दूध दिँदै गरेका पशुचौपाया मरेपछि आम्दानीको स्रोत पनि बन्द हुन थालेको छ । मेहेलबोटेकी लीलादेवी दाहाल रिजालले नजिकैको डेरी उद्योगबाट ऋण लिएर गाई खरिद गरेकी थिइन् । उत्पादित दूध सोही डेरी उद्योगमा बिक्री गरेर ऋणको साँवा र ब्याज