काँग्रेस सचेतक राईको प्रश्न- राज्य विधिबाट चल्छ कि पहुँचबाट ?

  • बिहीबार २५ भौ २०८३ १०:५१ AM
नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाएका छन् । विहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सरकारलाई ‘जेन्जी आन्दोलन’को मर्मअनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गरेका छन् । विधिको लागी आन्दोलनमा उत्रेका युवाहरुको जगमा बनेको सरकारले विधि मिच्न थालेको बताएका