अमरेशकुमार सिंहको आरोप- सिंहदरबारबाट सरकार ‘ज्वागल’ पुगेको छ

  • बिहीबार २५ भौ २०८३ १०:५६ AM
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको कार्यकारी अधिकारमा सल्लाहकार तथा सचिवालय हावी भएको आरोप लगाएका हुन् । उनले सरकार संविधानको मर्मविपरीत सञ्चालन भइरहेको दाबी गरे । नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था भए पनि व्यवहारमा