कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी मागेकी छिन्। सभाको बिहिबारको बैठकमा मन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टिकरण दिँदै माफी मागेकी हुन्। उनले जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिएकी थिइन्। मन्त्री गौतमको उक्त अभिव्यक्तिको संसदीय समितिदेखि सभामा