नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्ने

  • बिहीबार २५ भौ २०८३ १०:०८ AM
काठमाडौं : नेकपा एमालेले पुनर्गठन कार्यदलको बैठक बोलाएको छ । बैठक भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नेगरी च्यासलमा बैठक बोलाइएको कार्यदलका सदस्य डा.राजन भट्टराईले जानकारी दिए ।गत २१ फागुनको निर्वाचन पराजय र पार्टी पुनर्गठनबारे सुझाव संकलन गरी प्रतिवेदन तयार पार्नेगरी गत १० जेठमा कार्यदल गठन भएको थियो । उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव छन् । सात प्रदेश र अरु गैरभौगोलिक गरी १३ स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्न जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो ... The post नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्ने appeared first on Kalika Khabar.