काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी शहीदको बलिदानलाई राजनीतिक स्वार्थको विषय नबनाउन सरकारलाई आग्रह गरेकी छन् । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खातुनले जेनजी आन्दोलनका क्रममा भएको क्षति तथा शहीद परिवारको अवस्थाप्रति राज्य जवाफदेही बन्नुपर्ने बताइन् । आन्दोलनको एक वर्ष बितिसक्दा पनि शहीद परिवार पीडामा रहेको भन्दै उनले शहीद परिवारले न्याय