काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर वयकले खाना पकाउने ग्यास अभावका कारण नागरिकले भोग्नुपरेको समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यास अभावका कारण सुत्केरी श्रीमतीलाई खाना पकाएर खुवाउन नपाएपछि एक युवाले आत्महत्याको प्रयास गरेको घटनासमेत उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी सम्बन्धित मन्त्री र सरकारले लिनुपर्ने बताए ।