मुस्ताङमा भूकम्पबाट पाँच सय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग

  • बिहीबार २५ भौ २०८३ ०९:२८ AM
नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले मुस्ताङको लोमान्थाङमा गएको भूकम्पका कारण ३०० देखि ५०० घरधुरीसम्म क्षति पुगेको भन्दै प्रभावित परिवारका लागि तत्काल सुरक्षित आवास र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थकालीले भाद्र २३ गते राति लोमान्थाङ गाउँपालिका–छोसेर क्षेत्र केन्द्रविन्दु भएर गएको ५.३ म्याग्निच्युडको भूकम्पपछि पटक–पटक धक्का