राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले राष्ट्रिय सभाले अहिलेसम्म कति विधेयकमा काम गरेको छ भन्ने विवरण सार्वजनिक गर्न माग गरिन् । केही दिनअघि कानुनमन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व