राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री

  • बिहीबार २५ भौ २०८३ ०९:०२ AM
काठमाडौं । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले राष्ट्रिय सभाले अहिलेसम्म कति विधेयकमा काम गरेको छ भन्ने विवरण सार्वजनिक गर्न माग गरिन् । केही दिनअघि कानुनमन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण जनताले चाहेजस्तो कानुन निर्माण गर्न नसकिएको टिप्पणी गरेकी थिइन् । त्यसप्रति आपत्ति जनाउँदै झाँक्रीले राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजिएको बताइन् । उनले भनिन्, ‘कानुनमन्त्रीको अभिव्यक्तिको विषयमा ध्यानाकर्षण गराउन चाहन्छु। राष्ट्रियसभामा यो ... The post राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री appeared first on Kalika Khabar.