काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले भोटेकोशी बाढीपछि सडक र सीमा नाका अवरुद्ध हुँदा मुलुकमा आपूर्ति सङ्कट र महँगीको जोखिम बढेको भन्दै सरकारलाई सचेत गराएकी छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै अधिकारीले बाढीले सडक र पुल मात्र नभई हजारौँ नागरिकको घरबार, जीविकोपार्जन र बाँच्ने आधारसमेत खोसिएको बताइन् । उनले विपत्तिबाट नागरिक सामान्य अवस्थामा फर्किन नपाउँदै आपूर्ति व्यवस्थामा अर्को सङ्कट देखिन थालेको उनको भनाइ थियो । तातोपानी र रसुवागढी नाका बन्द हुनुका साथै बीपी राजमार्ग र पृथ्वी राजमार्गको कृष्णभीर अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित भएको अधिकारीले उल्लेख ... The post सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी appeared first on Kalika Khabar.