काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अंकिता ठाकुरले पैसा अभावमा अस्पतालले उपचारबाट वञ्चित गरेपछि महिलाले सडकमा बच्चा जन्माउनुपरेको घटनालाई राज्य व्यवस्थामाथिकै गम्भीर प्रश्न भएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोृल्दै उनले भाषणमा नभई व्यवहारमै राज्यले यस्ता घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन् । ठाकुरले स्वास्थ्य सेवामा देखिएको विभेदप्रति आक्रोश व्यक्त गरिन् । ‘म भाषण होइन,