काठमाण्डु–सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् हरिमोहन भण्डारीले प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनतालाई ग्यास पनि दिन नसकिएको अवस्थामा नैतिकताका आधारमा समितिमा बस्न नसक्ने बताए । सरकारले बोकेर भए पनि नागरिकलाई ग्यास दिनुपर्ने उनको भनाइ थियो । नागरिकलाई ‘डेलिभरी’ दिन नसके जेनजी आन्दोलनले